काठमाडौं- मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए ।
उनका अनुसार यी दुवै जहाजमा कुल करिब ९३ हजार मेट्रिक टन बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ ।
विदेश मन्त्रलायका अनुसार यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमाला भएको थियो ।
हालसम्म मध्यपूर्व तनावकाकारण ५ भारतीय नागरिकको ज्यान गएको छ भने एक जना बेपत्ता छन् ।
घाडी क्षेत्रबाट इन्धन आयात प्रभावित हुँदा भारतमा पनि तेल र ग्याँसको अभाव छ ।
भारतबाट आयात गर्ने नेपालमा पनि इन्धन आपूर्ति प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















