images
images
  • बालेन शाहले नियुक्त नहुँदै बनाए प्रधानमन्त्रीको इमेल !

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्रीको इमेल समावेश गरेका छन् ।

    आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल ([email protected]) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याइसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।

    रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह मन्त्री छनोटमा व्यस्त छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images