images
images
  • रास्वपाको समानुपातिक कोटामा नपरेपछि फेरि गायनमा फर्किँदै प्रकाश सपुत !

    काठमाडौं-गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद बन्ने सम्भावना कमजोर देखिएको छ। रास्वपाले बन्दसूचीबाट थोरै मात्र पुरुष उम्मेदवार छान्न सक्ने भएपछि सपुतको सम्भावना कमजोर भएको हो। कुनै पनि दलले संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक प्रावधान रहेको छ। प्रत्यक्षतर्फ रास्वपाबाट १३ जना महिला निर्वाचित भएका छन्। कुल संख्या १८२ को ३३ प्रतिशत पुर्‍याउन समानुपातिकबाट ४८ जना महिला थप्नुपर्ने हुन्छ । समानुपातिकमा ५७ सिट जितेको रास्वपाले ४८ जना महिला रोज्नुपर्ने भएपछि पुरुषका लागि ९ सिट मात्रै बाँकी रहेको छ। त्यसले गर्दा नै सपुतको सम्भावना कमजोर बनेको स्रोत बताउँछ ।

    राजनीतिक पृष्ठभूमि नभएका सपुतलाई बालेनको कोटाबाट दलित जनजाति क्लस्टरको दोस्रो नम्बरमा राखिएको थियो। समानुपातिकमा रास्वपाले ८ जना दलित उम्मेदवार लैजानुपर्ने छ। तर, पुरुषतर्फ भने पहिलो नम्बरमा रहेका प्रकाशचन्द्र परियारमात्रै छनोटमा पर्न सक्ने स्रोतले दाबी गर्‍यो । स्रोतका अनुसार पुरुषतर्फ खसआर्यबाट ३ जना लैजाने तयारी गरिएको छ। यस क्लस्टरमा पहिलो नम्बरमा रमेश प्रसाईँ, दोस्रोमा सुदिप ढकाल र तेस्रोमा प्रमोद न्यौपाने छन् । रास्वपाका सहप्रवक्ता प्रसाईँको छनोट हरहिसाबले निश्चित छ। प्रखर वक्ताका रूपमा चिनिने उनी रास्वपा पङ्तिमा निकै लोकप्रिय छन्। समानुपातिक उम्मेदवार छान्न रास्वपाभित्र भएको प्राइमरी इलेक्सनमा प्रसाईँले सर्वाधिक मत ल्याएका थिए।

    दोस्रो नम्बरमा रहेका ढकाल बालेनको कोटाबाट परेका हुन्। बालेन महानगर प्रमुख हुँदादेखि नै उनले निकट रहेर काम गरेका थिए। तेस्रो नम्बरमा रहेका न्यौपाने सभापति रवि लामिछानेका एक रणनीतिकार र विश्वास पत्र हुन्। बलियो राजनीतिक सुझबुझ र बौद्धिकता भएका कारण न्यौपानेलाई रविले सांसदमा लैजान चाहेका छन्। रास्वपाभित्र पनि न्यौपानेलाई संसदमा देख्न चाहने धेरै छन्।

    आदिवासी जनजातिको कोटामा रास्वपाले १६ जना सांसद छान्नुपर्ने देखिन्छ। जसमध्ये पुरुषबाट भने दुई जनाको मात्रै सम्भावना छ। आदिवासी जनजाति पुरुषतर्फ पहिलो स्थानमा रहेका राम लामा सांसद बन्ने निश्चितप्राय छ। उनी बालेनको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । यस्तै, दोस्रो स्थानमा रहेका खुस्बुसरकार श्रेष्ठको सम्भावना पनि बलियो छ। उनी रास्वपाका संस्थापक सदस्यमध्ये एक हुन्।

    मधेशी कोटामा रास्वपाले ९ जना सांसद छान्नुपर्ने हुन्छ। जसमध्ये पुरुषबाट एक जना मात्रै पर्ने सम्भावना छ। मधेशी पुरुष क्लस्टरमा पहिलो स्थानमा रहेका पुरुषोत्तम सुप्रभात यादव छनोटमा पर्ने निश्चित छ । उनी जेनजी आन्दोलनबाट उदाएका युवा हुन्।

    थारु क्लस्टरमा रास्वपाले ४ जना सांसद बनाउनुपर्ने छ। थारु महिलातर्फ बन्दसूचीमा दुई जनाको मात्रै नाम छ, जसले गर्दा पुरुषतर्फ दुईजना रोज्नुपर्ने हुन्छ। थारु पुरुषको क्लस्टरमा पहिलो स्थानमा रहेका सुरेन्द्र चौधरी सांसद बन्ने निश्चित छ। ४ जनाको कोटा पुर्‍याउन दोस्रो स्थानमा रहेका प्रेमलाल चौधरीलाई पनि लैजानुपर्ने देखिन्छ ।

    अब बाँकी रह्यो केवल एक सिट। त्यसमा मुस्लिम क्लस्टरबाट लैजाने सम्भावना छ। पुरुष मुस्लिमतर्फ पहिलो स्थानमा सैय्यद बकार अहमद साह छन् । उनलाई नरोजेर तीनजना नै मुस्लिम महिला रोज्ने विकल्प पनि छ। त्यसो भएमा प्रकाश सपुतका लागि एक सिट खाली हुन सक्छ। तर, त्यो सम्भावना कम रहेको पार्टी स्रोत बताउँछ।

    prakashसपुतले अब आफ्नो सांगीतिक यात्रालाई स्थगन गरेर राजनीतिमा होमिएको घोषणा गरेका थिए। आफ्ना सबै सांगीतक कार्यक्रमहरुलाई बिट मारेर उनी रास्वपाको चुनावी अभियानमा लागे। संगीत क्षेत्रमा लोकप्रियताको शिखरमा रहेको कलाकारले माननीय बन्ने लोभ देखाएको भनेर उनले चर्को आलोचनासमेत खेप्नु परेको थियो। तर, उनी आफ्नो उम्मेदवारीबाट पछि हटेनन् । तर, सपुतको सांसद बन्ने सपना अधुरो रहने सम्भावना बढेको छ । यसको संकेत आज उनले फेसबुकबाट गरेको पोस्टबाट पनि मिल्छ । उनले आफ्नो भावि विदेश भ्रमणको एउटा पोस्टर सार्वजनिक गरेका छन् । जसअनुसार उनले आगामी चैत १७ मा आयरल्यान्डमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ । सांसद बन्ने लाइनमा थिए भने सायद उनले यो कार्यक्रम फिक्स गर्ने थिएनन् ।

    सपुतले लेखेका छन्, ‘बागलुङ समाजको निमन्त्रणामा यही मार्च ३१ तारिख पहिलो पटक आएरल्याण्ड आउँदैछु है, समय मिलाउँदै गर्नु , रमाइलो गरौला, दुख सुख साटौला !’

    यो स्टाटसले सपुत फेरि सांगीतिक क्षेत्रमा सक्रिय हुन लागेको छनक मिल्छ । उनले गत पुसमा आफ्नो आगामी सांगीतिक कार्यक्रमको अन्तिम तालीका राख्दै यो वर्षका लागि आफ्नो सांगीतिक यात्रा टुंगिएको बताएका थिए।

    उनले लेखेका थिए, ‘सम्भवतः, यो वर्षका लागी यति नै । यो मेला यात्रामा आफ्नो पेशाप्रति इमान्दार र व्यवसायीक मर्यादामा रहेर एउटा कलाकारका रूपमा प्रिय दर्शकहरूसँग विशुद्ध साङ्गीतिक मनोरञ्जनात्मक भेटघाट हुनेछ । बरु त्यसपछि आउने समय ९१२ देखि २१० को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुन सक्छ । अवसर, माया र शुभेच्छा दिने सबै सबैप्रति हार्दिक धन्यवाद ।’

    कुनै पनि दलले संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । प्रत्यक्षतर्फ रास्वपाबाट १३ जना महिला निर्वाचित भएका छन् । कुल संख्या १८२ को ३३ प्रतिशत पुर्‍याउन समानुपातिकबाट ४८ जना महिला थप्नुपर्ने हुन्छ। समानुपातिकमा ५७ सिट जितेको रास्वपाले ४८ जना महिला रोज्नुपर्ने भएपछि पुरुषका लागि ९ सिट मात्रै बाँकी रहेको छ । त्यसले गर्दा नै सपुतको सम्भावना कमजोर बनेको स्रोत बताउँछ।

    राजनीतिक पृष्ठभूमि नभएका सपुतलाई बालेनको कोटाबाट दलित जनजाति क्लस्टरको दोस्रो नम्बरमा राखिएको थियो । समानुपातिकमा रास्वपाले ८ जना दलित उम्मेदवार लैजानुपर्ने छ । तर, पुरुषतर्फ भने पहिलो नम्बरमा रहेका प्रकाशचन्द्र परियारमात्रै छनोटमा पर्न सक्ने स्रोतले दाबी गर्‍यो । स्रोतका अनुसार पुरुषतर्फ खसआर्यबाट ३ जना लैजाने तयारी गरिएको छ । यस क्लस्टरमा पहिलो नम्बरमा रमेश प्रसाईँ, दोस्रोमा सुदिप ढकाल र तेस्रोमा प्रमोद न्यौपाने छन् । रास्वपाका सहप्रवक्ता प्रसाईँको छनोट हरहिसाबले निश्चित छ । प्रखर वक्ताका रूपमा चिनिने उनी रास्वपा पङ्तिमा निकै लोकप्रिय छन् । समानुपातिक उम्मेदवार छान्न रास्वपाभित्र भएको प्राइमरी इलेक्सनमा प्रसाईँले सर्वाधिक मत ल्याएका थिए ।

    दोस्रो नम्बरमा रहेका ढकाल बालेनको कोटाबाट परेका हुन् । बालेन महानगर प्रमुख हुँदादेखि नै उनले निकट रहेर काम गरेका थिए । तेस्रो नम्बरमा रहेका न्यौपाने सभापति रवि लामिछानेका एक रणनीतिकार र विश्वास पत्र हुन् ।बलियो राजनीतिक सुझबुझ र बौद्धिकता भएका कारण न्यौपानेलाई रविले सांसदमा लैजान चाहेका छन् । रास्वपाभित्र पनि न्यौपानेलाई संसदमा देख्न चाहने धेरै छन् ।

    आदिवासी जनजातिको कोटामा रास्वपाले १६ जना सांसद छान्नुपर्ने देखिन्छ । जसमध्ये पुरुषबाट भने दुई जनाको मात्रै सम्भावना छ । आदिवासी जनजाति पुरुषतर्फ पहिलो स्थानमा रहेका राम लामा सांसद बन्ने निश्चितप्राय छ । उनी बालेनको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । यस्तै, दोस्रो स्थानमा रहेका खुस्बुसरकार श्रेष्ठको सम्भावना पनि बलियो छ । उनी रास्वपाका संस्थापक सदस्यमध्ये एक हुन् ।

    prakash saput 1मधेशी कोटामा रास्वपाले ९ जना सांसद छान्नुपर्ने हुन्छ । जसमध्ये पुरुषबाट एक जना मात्रै पर्ने सम्भावना छ । मधेशी पुरुष क्लस्टरमा पहिलो स्थानमा रहेका पुरुषोत्तम सुप्रभात यादव छनोटमा पर्ने निश्चित छ । उनी जेनजी आन्दोलनबाट उदाएका युवा हुन् ।

    थारु क्लस्टरमा रास्वपाले ४ जना सांसद बनाउनुपर्ने छ । थारु महिलातर्फ बन्दसूचीमा दुई जनाको मात्रै नाम छ, जसले गर्दा पुरुषतर्फ दुईजना रोज्नुपर्ने हुन्छ । थारु पुरुषको क्लस्टरमा पहिलो स्थानमा रहेका सुरेन्द्र चौधरी सांसद बन्ने निश्चित छ । ४ जनाको कोटा पुर्‍याउन दोस्रो स्थानमा रहेका प्रेमलाल चौधरीलाई पनि लैजानुपर्ने देखिन्छ ।

    अब बाँकी रह्यो केवल एक सिट । त्यसमा मुस्लिम क्लस्टरबाट लैजाने सम्भावना छ । पुरुष मुस्लिमतर्फ पहिलो स्थानमा सैय्यद बकार अहमद साह छन् । उनलाई नरोजेर तीनजना नै मुस्लिम महिला रोज्ने विकल्प पनि छ । त्यसो भएमा प्रकाश सपुतका लागि एक सिट खाली हुन सक्छ । तर, त्यो सम्भावना कम रहेको पार्टी स्रोत बताउँछ ।

    सपुतले अब आफ्नो सांगीतिक यात्रालाई स्थगन गरेर राजनीतिमा होमिएको घोषणा गरेका थिए । आफ्ना सबै सांगीतक कार्यक्रमहरुलाई बिट मारेर उनी रास्वपाको चुनावी अभियानमा लागे । संगीत क्षेत्रमा लोकप्रियताको शिखरमा रहेको कलाकारले माननीय बन्ने लोभ देखाएको भनेर उनले चर्को आलोचनासमेत खेप्नु परेको थियो । तर, उनी आफ्नो उम्मेदवारीबाट पछि हटेनन् तर, सपुतको सांसद बन्ने सपना अधुरो रहने सम्भावना बढेको छ । यसको संकेत आज उनले फेसबुकबाट गरेको पोस्टबाट पनि मिल्छ । उनले आफ्नो भावि विदेश भ्रमणको एउटा पोस्टर सार्वजनिक गरेका छन् । जसअनुसार उनले आगामी चैत १७ मा आयरल्यान्डमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ । सांसद बन्ने लाइनमा थिए भने सायद उनले यो कार्यक्रम फिक्स गर्ने थिएनन् ।

    सपुतले लेखेका छन्, ‘बागलुङ समाजको निमन्त्रणामा यही मार्च ३१ तारिख पहिलो पटक आएरल्याण्ड आउँदैछु है, समय मिलाउँदै गर्नु, रमाइलो गरौला, दुख सुख साटौला,’यो स्टाटसले सपुत फेरि सांगीतिक क्षेत्रमा सक्रिय हुन लागेको छनक मिल्छ । उनले गत पुसमा आफ्नो आगामी सांगीतिक कार्यक्रमको अन्तिम तालीका राख्दै यो वर्षका लागि आफ्नो सांगीतिक यात्रा टुंगिएको बताएका थिए ।

    उनले लेखेका थिए, ‘सम्भवतः, यो वर्षका लागी यति नै । यो मेला यात्रामा आफ्नो पेशाप्रति इमान्दार र व्यवसायीक मर्यादामा रहेर एउटा कलाकारका रूपमा प्रिय दर्शकहरूसँग विशुद्ध साङ्गीतिक मनोरञ्जनात्मक भेटघाट हुनेछ । बरु त्यसपछि आउने समय ९१२ देखि २१० को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुन सक्छ । अवसर, माया र शुभेच्छा दिने सबै सबैप्रति हार्दिक धन्यवाद ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images