images
images
  • नेपाल सरकारले इरानी नागरिकको भिसा बन्द गर्‍यो

    काठमाडौं- इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द भएको छ ।

    सुरक्षाको कारण देखाउँदै सरकारले उनीहरुको भिसा बन्द गरेको हो ।

    सरकारी र कुटनैतिक राहदानीबाहक बाहेकका ईरानी नागरिकले अब विदेशस्थित नेपाली दूताबासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए ।

    पछिल्लो समय इरानमा बढेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अन अराइभल भिसा बन्द गरेको हो ।

    नेपालले यसअघि १२ देशका नागरिकलाई अन अराभइल भिसा बन्द गर्दै आएको थियो । अब त्यो संख्या १३ पुगेको छ।

    कुन-कुन देशका नागरिकले पाउँदैनन् नेपालमा अन अराइभल भिसा ?

    १.नाइजेरिया
    २.घाना
    ३.जिम्बावे
    ४.स्वाजील्याण्ड
    ५.क्यामरुन
    ६.सोमालिया
    ७.लाइबेरिया
    ८.इथियोपिया
    ९.इराक
    १०.प्यालेस्टाइन
    ११.अफगानिस्तान
    १२.सिरिया
    १३.इरान

    प्रतिक्रिया दिनुहोस्
    images
    images