images
images
  • कुलमानले मन्त्री त्यागेको महिना दिनमै भारतबाट विद्युत् किन्ने सरकारको तयारी, दर निर्धारण (दरसहित)

    पोखरा– आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट नेपालले आयात गर्ने विद्युतको नयाँ दर तय भएको छ ।

    नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पीईसी) को १७औँ बैठकले दरमा १.५ प्रतिशत वृद्धि गर्ने सहमति गरेको हो ।

    बैठक फागुन २८–२९ गते पोखरामा सम्पन्न भएको थियो ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार १३२ केभी लाइनमार्फत प्रतियुनिट ८.२२, ३३ केभीमा ८.९१ र ११ केभीमा ९.५५ रुपैयाँमा विद्युत् खरिद गर्ने सहमति भएको छ ।

    यो सहमतिले चैत–वैशाखको सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

    हाल नेपालले दैनिक करिब १२–१४ हजार मेगावाट आवर विद्युत् भारतबाट आयात गरिरहेको छ ।

    बैठकमा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका बोर्ड सदस्य विजयकुमार सिंहले नेतृत्व गरेका थिए ।

    भारतले ५.५ प्रतिशत वृद्धि प्रस्ताव गरे पनि अन्ततः १.५ प्रतिशत वृद्धिमा सहमति भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images