images
images
  • ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं– ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा २०८२ फागुन २८ गते काठमाडौंमा सम्पन्न भएको छ ।

    सभाको अध्यक्षता बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए ।

    बैठकमा शेयरधनी, सञ्चालक समिति सदस्य, पूर्व सञ्चालक, बैंकका पदाधिकारी तथा कर्मचारी उपस्थित थिए ।

    सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह विवरण र वासलात लगायतको वित्तीय विवरण पारित गर्यो ।

    यसैगरी, सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरण पनि पारित भयो ।

    आगामी आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पनि भयो ।

    सभामा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकका उपलब्धिहरू जानकारी गराए ।

    शेयरधनीका प्रश्नहरूको जवाफ पनि दिइयो ।

    ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वमा आफ्नो खुद मुनाफाबाट अन्य बैंक भन्दा ५० प्रतिशत बढी योगदान गर्दै नवजात शिशुको जीवन रक्षा, स्वास्थ्य र सामाजिक सेवामा सक्रिय भूमिका खेलेको छ ।

    बैंकले आर्थिक वर्षमा रु। ४१ करोड कर योगदान गरेको छ ।

    हाल बैंकको चुक्ता पूँजी रु। ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार छ र ११७ शाखा, ३ काउन्टर तथा ७५ एटीएम मार्फत सेवा दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images