images
images
  • एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठिले झोला तथा अन्य शैक्षिक सामग्री प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई २०८२ फाल्गुण २८ मा हस्तान्तरण गरे ।

    यसै वर्ष बैंकले सातै प्रदेशका सरकारी र सामुदायिक विद्यालयमा कक्षा ६–१० का गरिब, जेहेन्दार, विपन्न र विशेष क्षमताका विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।

    विगतमा बैंकले पुस्तकालय भवन निर्माण र पुस्तकालय स्थापना जस्ता पहलहरु पनि गर्दै आएको छ ।

    बैंकले विश्वास व्यक्त गरेको छ कि यस सहयोगले शान्ति सेवा गृहका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न र अध्ययन निरन्तरता दिन मद्दत पुर्‍याउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images