images
images
  • पूर्वगृहमन्त्री, प्रहरी प्रमुख र सिडिओसहित १० जनाविरुद्ध हत्या आरोप, छानविन गर्दै सर्वोच्च अदालत

    काठमाडौं– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) नेता कुमार पौडेलको हत्या प्रकरणमा छानबिन अघि बढाउन आदेश दिएको छ ।

    अदालतको आदेशअनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत (हाल निर्वाचन आयोग सचिव) र अन्य सात जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने भएको छ ।

    २०७६ असार ५ गते सर्लाही लालबन्दीमा सुरक्षाकर्मीले इन्काउन्टरको नाममा पौडेललाई गोली हानी हत्या गरेका थिए ।

    त्यसबेला मानवअधिकार आयोगले घटनालाई गैरकानूनी हत्या भन्दै अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

    आयोगको प्रतिवेदनअनुसार प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा पौडेललाई नियन्त्रणमा लिएर ९ गोली हानी हत्या गरिएको थियो, तर प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्तको दाबी गरेको थियो ।

    सर्वोच्चको आदेशअनुसार अब जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जाहेरीमा आधारित अनुसन्धान अघि बढाउनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images