काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रतिनिधिसभा निर्वाचनपछि टेलिफोनमा कुराकानी भएको छ ।
प्रचण्ड निकट स्रोतका अनुसार चुनावमा जित हासिल गरेपछि दुवैले एक–अर्कालाई बधाई आदान–प्रदान गरेका थिए ।
त्यसबाहेक अन्य विषयमा के–के कुरा भयो भन्ने सार्वजनिक गरिएको छैन ।
यता रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भने चुनावपछि कुनै भेटघाट वा कुराकानी नभएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
यसअघि प्रचण्ड र बालेनबीच भेट भएको भन्ने समाचार आएका थिए, तर नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले उक्त समाचार असत्य भएको बताएका छन् ।
यसैबीच प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली र प्रचण्डबीच पनि पहिलोपटक भेट भएको छ ।
प्रतिक्रिया दिनुहोस्























