images
images
  • ‘स्ट्रेट अफ हर्मुज’ का बिषयमा आकस्मिक वार्ताका लागि आइएमओको आग्रह

    काठमाडौं– अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ)ले मध्य पूर्व र विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने आइएमओले बिहीबार जानकारी गराएको छ ।

    मार्च १८–१९ मा लन्डनस्थित आइएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये छ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स ९युएई० ले अनुरोध गरेका थिए ।

    यो बैठकको आह्वान विश्वव्यापी ऊर्जा आपूर्तिको अवरोधले ऊर्जाको मूल्यहरू बढाउने प्रक्षेपणबीच आएको हो ।

    ‘स्ट्रेट अफ हर्मुज’ बाट विश्वव्यापी कच्चा तेलको पाँच भागको एक भाग आपूर्ति हुन्छ ।

    इरानको जवाफी आक्रमणले ‘स्ट्रेट अफ हर्मुज’ भएर आवतजावत गर्ने कार्गो जहाज र यसका खाडी छिमेकीहरू विरुद्ध प्रभाव पारेपछि विश्व बजारमा इन्धनको मूल्य वृद्धि हुनुका साथै आपूर्तिको अभाव
    हुने देखिएको छ ।

    बिहीवार, इराकमा दुई तेल ट्यांकरहरूमा भएको आक्रमणमा कम्तिमा एक चालक दलका सदस्यको मृत्यु भएको थियो भने एक मालवाहक जहाजमा छर्रा लागेर आगलागी भएको थियो ।

    इरानका नयाँ सर्वोच्च नेताले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्न आदेश दिएका छतन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यभन्दा इस्लामिक गणतन्त्रको ‘दुष्ट साम्राज्य’ रोक्नु महत्वपूर्ण भएको बताएका छन् ।

    तेलको मूल्य बिहीबार १०० डलरभन्दा माथि पुग्दा सम्बन्धित बस्तुको बजारले घाटा व्यहोरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images