images
images
  • पुराना दलहरूको लज्जास्पद हारसँगै नेतृत्व त्याग्न गगन, ओली, प्रचण्ड–माधव र लिङ्देनमाथि घेराबन्दी

    काठमाडौं– २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पुराना दलहरूले अप्रत्याशित हार बेहोरेपछि प्रमुख दलका शीर्ष नेतामाथि राजीनामाको दबाब बढेको छ ।

    २३–२४ को जेनजी आन्दोलनपछि उठेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मागबीच चुनावमा गएका दलहरू अहिले हारपछि आन्तरिक आलोचनाको सामना गरिरहेका छन् ।

    कांग्रेसमा गगन थापामाथि दबाब

    अघिल्लो चुनावमा ८९ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस यस पटक प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको छ भने समानुपातिकतर्फ करिब २० सिट पाउने देखिन्छ ।

    कुल ३८ सिटमा खुम्चिएपछि सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग देउवा पक्षले उठाएको छ ।

    तर, थापा पक्षले भने चुनावमा देउवा समूह निष्क्रिय बसेको आरोप लगाएको छ ।

    एमालेमा ओली नेतृत्वमाथि प्रश्न

    अघिल्लो चुनावमा ७८ सिट जितेको नेकपा एमाले यस पटक २५ सिटमा झरेपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि पनि प्रश्न उठेको छ ।

    पार्टीभित्र नीति, नेतृत्व र संगठन पुनर्गठन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।

    नेकपाको एकतामाथि प्रश्न

    माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेकपाले पनि अपेक्षित सफलता हासिल गर्न सकेन ।

    प्रत्यक्ष ८ र समानुपातिक ९ गरी १७ सिटमा सीमित भएपछि संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालमाथि नैतिक जिम्मेवारी लिन दबाब परेको छ ।

    राप्रपाले हारको दोष पूर्वराजालाई

    राप्रपाले आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यले मतदातामा दुविधा सिर्जना गरेको दाबी गरेको छ ।

    पार्टीका अनुसार चुनावअघि आएको उक्त अभिव्यक्तिले केही मतदाताको मनोविज्ञान प्रभावित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images