images
images
  • एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।

    ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

    अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए ।

    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

    आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

    स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images