काठमाडौं– नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ।
बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दै गरेका क्रममा उनी अचानक ढलेका थिए।
त्यसपछि उनलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले जानकारी दिए।
थापा पोखरा महानगरपालिकाका पूर्वमेयर हुन्।
उनी २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए।
कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जनआन्दोलनपछि भएको एमालेको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्























