images
images
  • ग्लोबल आइएमई बैंकद्वारा नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना

    काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ।

    बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा Federation of Nepalese Chambers of Commerce and Industry का अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक उद्घाटन गरेका हुन्।

    बैंकका अनुसार यस विभागमार्फत विदेशमा बसोबास गर्ने नेपालीहरूले एकद्वार प्रणालीबाट खाता खोल्ने, कर्जा लिने, ट्रान्जेक्सन बैंकिङ, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा प्राप्त गर्न सक्नेछन्।

    उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नयाँ विभागले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोडिन तथा स्वदेशमा लगानी गर्न थप सहज बनाउने बताए।

    काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने यस विभागमार्फत फोन, इमेल तथा डिजिटल माध्यमबाट पनि सेवा लिन सकिने बैंकले जनाएको छ।

    NROBD 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images