images
images
  • तुवालोभन्दा माथि उड्न सकेनन् नेपाली जहाजहरू, हप्तामा ३ पटक उडान भर्न मौसम सफा हुनुपर्ने

    गुल्मी– गुल्मीको रेसुंगा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ ।

    फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।

    एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मंगलबारको उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

    निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुंगा विमानस्थलबाट आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ ।

    निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरू समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ ।

    हाल काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीदेखि काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images