images
images
  • अब बन्ने प्रधानमन्त्री बालेनले गैरसांसदलाई मन्त्री नबनाउने, २२ मन्त्रालयमध्ये १५ मा सिमित गर्ने तयारी

    काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनबारे आन्तरिक गृहकार्य सुरु गरेका छन् ।

    सरकारको स्वरूप र आकारबारे पार्टीभित्र छलफल चलिरहेको स्रोतले जनाएको छ ।

    आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएको रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सांसदको समर्थन पाएको छ ।

    यससँगै बालेन प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।

    स्रोतका अनुसार गैरसांसदलाई मन्त्री बनाउने चर्चा चले पनि तत्काल त्यस्तो सम्भावना नरहेको छ ।

    संवैधानिक व्यवस्थाअनुसार गैरसांसद मन्त्री बने पनि ६ महिनाभित्र सांसद बन्नुपर्ने प्रावधान भएकाले हाल सांसदहरूबाटै मन्त्री चयन गर्ने तयारी गरिएको बताइएको छ ।

    त्यस्तै, बालेनले मन्त्रालयको संख्या घटाएर सरकारलाई सानो र छरितो बनाउने सोच राखेका छन् ।

    अहिले २२ मन्त्रालय रहेकामा त्यसलाई करिब १४–१५ मा सीमित गर्नेबारे आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images