images
images
  • पूर्वमन्त्री भगवती न्यौपानेसहित २२ उम्मेदवारको जमानत जफत

    काठमाडौं– तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका २२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँ–१ मा १४ र तनहुँ–२ मा ८ उम्मेदवारले आवश्यक मत नल्याएपछि जमानत गुमाएका हुन् ।

    तनहुँ–१ मा १६ उम्मेदवारमध्ये एमालेकी पूर्वमन्त्री भगवती न्यौपानेसहित १४ जनाको जमानत जफत भएको छ ।

    उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले ३८ हजार ४० मतसहित विजयी भए ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याएर पराजित भए पनि जमानत जोगाउन सफल भए ।

    एमालेकी न्यौपानेले भने ५ हजार ८३० मत मात्रै पाएकी थिइन् ।

    तनहुँ–२ मा ११ उम्मेदवारमध्ये ८ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    यहाँ रास्वपाका श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी भए ।

    नेपाली कांग्रेसका शंकर भण्डारी र एमालेका केदार सिग्देलले भने पराजित भए पनि जमानत जोगाएका छन् ।

    निर्वाचन नियमअनुसार उम्मेदवारले कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएमा बुझाएको धरौटी रकम फिर्ता नपाइने भएकाले त्यसलाई ‘जमानत जफत’ भनिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images