images
images
  • ओलीले बालेनसँगको लज्जास्पद हार स्वीकारे, भने– ‘निर्वाचन परिणाम शिरोधार्य गर्छु’

    काठमाडौं– केपी शर्मा ओलीले निर्वाचन परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यसलाई शिरोधार्य गर्नु आफ्नो कर्तव्य भएको बताएका हुन् ।

    यसपटक आफू र आफ्नो पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले सूर्य चिह्नमा मतदान गरेर साथ दिने मतदाता, नेता–कार्यकर्ता तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको सेवा र प्रतिबद्धता कमजोर नहुने उनले बताएका छन् ।

    यस निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ ।

    झापा–५ मा भने ओली बालेन शाहसँग पराजित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images