images
images
  • उत्तर कोरियाले इरानमा अमेरिका–इसराइल आक्रमणको फेरि गर्यो कडा आलोचना

    काठमाडौं– उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको सैन्य आक्रमणको कडा आलोचना गरेको छ।

    फेब्रुअरीको अन्तिम दिन अमेरिका र इसराइलले संयुक्त कारबाही गर्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित उच्च अधिकारीहरूको हत्या गरेका थिए। त्यसपछि इरानले जवाफी हमला गर्दै मध्यपूर्वस्थित अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको छ।

    युद्ध सुरु भएकै दिन अमेरिकाको कदमको निन्दा गरेको उत्तर कोरियाले ११ औं दिनमा फेरि प्रतिक्रिया दिएको हो। विदेश मन्त्रालयका एक प्रवक्ताले ती आक्रमणलाई अवैध सैन्य कारबाही भन्दै क्षेत्रीय शान्ति भंग गर्ने र विश्वव्यापी अस्थिरता बढाउने कार्य भएको आरोप लगाए।

    उत्तर कोरियाले इरानको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै नयाँ सर्वोच्च नेता चयन गर्ने अधिकार इरानी जनताकै भएको जनाएको छ।

    अली खामेनीको हत्या भएपछि इरानमा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता नियुक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images