images
images
  • कार्की सरकारले गुन्डा नाइके दीपक मनाङेलाई गर्यो जेल मुक्त

    काठमाडौं– गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ (दीपक मनाङे) कैद सजाय भुक्तान गरेर बुधबार रिहा भएका छन्।

    मिलन गुरुङ ‘चक्रे मिलन’माथि २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको घटनामा दोषी ठहर भई उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए।

    उच्च अदालत पाटन ले ज्यान मार्ने उद्योगमा मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।

    यसअघि उनले विभिन्न चरणमा २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए भने बाँकी १ वर्ष ४ महिना सजाय पूरा गरेपछि रिहा भएका हुन्। उनलाई २० प्रतिशत कैद छुट पनि दिइएको छ।

    सर्वोच्च अदालत ले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि मनाङे २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए।

    महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा मनाङे समूह र चक्रे मिलन समूहबीच भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट चक्रे मिलनको बायाँ हात गम्भीर घाइते भएको थियो।

    सोही घटनामा प्रहरीमा जाहेरी परेपछि मनाङेसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दायर गरिएको थियो।

    लामो अदालती प्रक्रियापछि अन्ततः उच्च अदालतको फैसला सर्वोच्चले सदर गरेपछि मनाङेले बाँकी कैद सजाय भुक्तान गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images