काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मतगणना सकिएको छ।
कुल १ करोड ७ लाख ३९ हजार ११५ मतमध्ये ११० समानुपातिक सिट बाँडिने व्यवस्था छ।
समानुपातिक प्रणालीअनुसार ३ प्रतिशतभन्दा कम मत पाउने दललाई सिट बाँडफाँटमा समावेश गरिँदैन।
यसअन्तर्गत ६ दलले थ्रेसहोल्ड पार गरी सिट पाउने योग्य छन्। कुल ९८ लाख ५१ हजार ५६६ मतको आधारमा ‘भाजक’ ८९,५६० निर्धारण गरी सिट बाँडफाँट गरिएको छ।
पहिलो चरणमा:
रास्वपा: ५७ सिट
कांग्रेस: १९ सिट
एमाले: १६ सिट
नेकपा: ८ सिट
श्रम संस्कृति पार्टी: ४ सिट
राप्रपा: ३ सिट
अतिरिक्त बाँकी ३ सिट, सबैभन्दा धेरै बाँकी मत भएका दललाई थपिएपछि अन्तिम सिट संख्या यस्तो छ:
रास्वपा: ५७ सिट
कांग्रेस: २० सिट
एमाले: १६ सिट
नेकपा: ९ सिट
श्रम संस्कृति: ४ सिट
राप्रपा: ४ सिट
यस आधारमा आगामी संसदमा कुल सिट संख्या:
रास्वपा: १८२ सिट (१२५ प्रत्यक्ष + ५७ समानुपातिक)
कांग्रेस: ३८ सिट
एमाले: २५ सिट
नेकपा: १७ सिट
श्रम संस्कृति: ७ सिट
राप्रपा: ५ सिट
प्रतिनिधिसभा दुई तिहाइ (१८४ सिट) पुग्न रास्वपालाई २ सिट कम पर्ने देखिन्छ।























