काठमाडौं– निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सांसद छान्न ३ दिन समय दिने तयारी गरेको छ।
प्रत्यक्षतर्फ १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक ११० सिटको नतिजा केही दिनभित्र आउनेछ।
आयोगले दलहरूले पाएको मतको आधारमा सिट वितरण तय गर्नेछ र दलहरूले पहिल्यै बुझाएको समानुपातिक बन्दसूचीबाट नाम सिफारिस गर्न पत्र पठाइनेछ।
सिफारिसबापतको सूची समीक्षा गरेपछि आयोगले ११० जना सांसदलाई प्रमाणपत्र दिनेछ र त्यसपछि निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी छ।
प्रतिक्रिया दिनुहोस्























