images
images
  • ६ राजनीतिक दलले पाए राष्ट्रिय दलको मान्यता

    काठमाडौं– फागुन २१ मा सम्पन्न निर्वाचनपछि कुल ६ राजनीतिक दलहरूले राष्ट्रिय दलको मान्यता पाएका छन्।

    यीमध्ये एउटा दल नयाँ हो भने बाँकी पाँच दल पहिलेदेखि राष्ट्रिय दलको दर्जामा थिए।

    नयाँ राष्ट्रिय दलको रूपमा श्रम संस्कृति पार्टी अगाडि आएको छ, जसको नेतृत्व हर्क साम्पाङ गर्दै आएका छन्।

    यस पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ र समानुपातिकतर्फ तीन प्रतिशत मतको थ्रेसहोल्ड कटाएको छ।

    अर्का पाँच राष्ट्रिय दलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्छन्।

    यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको मान्यता हासिल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images