काठमाडौं– रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट उनका निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत जिल्ला निर्वाचन कार्यालय चितवनमा खर्च विवरण पेश गरिएको हो ।
आयोगले तोकेको निर्वाचन आचारसंहिताअनुसार बुझाइएको विवरणमा चुनावी अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्























