images
images
  • काठमाडौंको वायुको गुणस्तरमा सुधार आएन, निकै अस्वस्थको तहमा

    काठमाडौं- काठमाडौंमा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन ।

    मंगलबार निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तह नजिकै छ ।

    रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९६ छ । २०० पुगे निकै अस्वस्थ मानिन्छ । १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

    नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ मानिन्छ ।

    ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

    काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली, दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् ।

    प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ ।

    बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images