images
images
  • भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा पड्किँदा एक जनाको मृत्यु

    काठमाडौं- डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।

    जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए ।

    बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए ।

    बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो ।

    तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका-२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका-४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images