images
images
  • मौसम धुम्म हुञ्जेल वायु प्रदूषण बढ्ने, अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह

    काठमाडौं- काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

    पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।

    वातावरण विभागका अनुसार लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरेका छन् । केही समययता उपत्यकालगायत मुलुकको अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन, घाम लागेको छैन र वर्षा पनि हुन सकेको छैन । हावा पनि चलेको छैन । मौसम सफा भएसँगै प्रदूषण कम हुने छ, वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जानेछ ।

    मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ ।

    एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज ४ः०० बजेसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १७४ पुगेको छ ।

    यससँगै काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।

    प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक रहेको र व्यापक जनचेता जरुरी रहेको वातावरणविद् बताउँछन् ।

    एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ ।

    एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ ।

    १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images