images
images
  • विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब, फोर्ब्सले गरेको वर्ल्ड र्‍याङ्किङको कति स्थानमा पुगे ?

    काठमाडौं- नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् ।

    फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् ।

    चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए । सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर बारबरको रहेको फोर्ब्सले जनाएको छ ।

    सन् २०२६ को चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ अर्ब २ अर्ब पुगेको हो ।

    एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ ।

    चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एक मात्र अर्बपति हुन् ।

    सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् ।

    सन् २०१९ मा १३४९ औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो ।

    यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।

    फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति ८३९ अर्ब डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् ।

    दोस्रो नम्बरमा अमेरिकी अर्बपति ल्यारी पेज रहेका छन् ।

    अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिकी, चीन, भारत लगायतका देशका रहेको फोर्ब्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images