काठमाडौं- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १२ जना उम्मेदवारले ५० हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।
५० हजारभन्दा बढी मत ल्याउने सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन् ।
सबैभन्दा बढी मत रास्वपाबाट झापा-५ का उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले ल्याएका छन् । उनले ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।
दोस्रो बढी मत निवर्तमान उपसभामुखसमेत रहेकी इन्दिरा राना मगरले ल्याइन् । झापा-२ बाट उम्मेदवार बनेकी रानाले ६० हजार ११० मत ल्याएर निर्वाचित भइन् ।
तेस्रो बढी मत सोविता गौतमले ल्याइन् । चितवन-३ बाट उम्मेदवार बनेकी गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचित भइन् ।
चौथो बढी मत डा। लेखजंग थापाले ल्याएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । रूपन्देही-३ बाट उम्मेदवार बनेका डा. थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भएका छन् ।
पाँचौँ बढी मत हरि ढकालले ल्याए । चितवन-१ बाट उम्मेदवार बनेका ढकालले ५८ हजार २०८ मत ल्याए ।
छैटौँ बढी मत लाल विक्रम थापाले ल्याए । सुनसरी-२ बाट उम्मेदवार बनेका थापाले ५७ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।
सातौँ बढी मत सुलभ खरेलले ल्याए । रूपन्देही-२ बाट उम्मेदवार बनेका खरेलले ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए ।
आठौँ बढी मत रुबिना आचार्यले ल्याइन् । मोरङ-६ बाट उम्मेदवार बनेकी आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भइन् ।
नवौँ बढी मत सुनिल लम्सालले ल्याए । रूपन्देही-१ बाट उम्मेदवार बनेका लम्सालले ५४ हजार ८४५ मत ल्याएर निर्वाचित भए ।
दशौँ बढी मत रवि लामिछानेले ल्याए । चितवन-२ बाट उम्मेदवार बनेका लामिछानेले ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भए ।
एघारौँ बढी मत बदन कुमार भण्डारीले ल्याए । काभ्रेपलाञ्चोक-२ बाट उम्मेदवार बनेका भण्डारीले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए ।
बाह्रौँ बढी मत राजन गौतमले ल्याए । नवलपुर-१ बाट उम्मेदवार बनेका गौतमले ५० हजार ९४५ मत ल्याएर निर्वाचित भए ।























