काठमाडौं- प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको र बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको छ ।
मंगलवार अपरान्हसम्म ३र४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक गरिने आयोगले जनाएको छ ।
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबिच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने छ ।
त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको अनुमान गरिएको छ ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्नेछ ।























