images
images
  • राष्ट्रिय सभाको रिक्त सिटमा आफ्नो मान्छे पठाउन राष्ट्रपति र प्रधानमन्त्रीको हानथाप

    काठमाडौं– सोमबार राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूले शपथ लिए ।

    २० फागुनमा कार्यकाल सकिने सिटका लागि अब राष्ट्रपतिद्वारा मनोनीत हुने एक सदस्यको नाम तय गर्ने बहस सुरु भएको छ ।

    उच्च स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल आफ्नी छोरी संज्ञालाई मनोनीत गर्न चाहन्छन् ।

    जबकि प्रधानमन्त्री सुशीला कार्की अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रिय सभा सदस्य बनाउने पक्षमा छन् ।

    कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालको समेत लबिङ गरिरहेकी छन् ।

    स्रोतका अनुसार आगामी बालेन शाह नेतृत्वको सरकारले पनि कार्कीको सल्लाहअनुसार नै काम गर्ने सम्भावना छ ।

    संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभामा ५९ सदस्य हुनेछन्, जसमा ५६ प्रदेशबाट निर्वाचित र ३ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् ।

    यसैमा एक सिटमा अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच रस्साकस्सी चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images