images
images
  • रवि–बालेनलाई भारत, पाकिस्तान र तिब्बतबाट बधाईको ओइरो, चीन चुपचाप

    काठमाडौं– नेपालको आमनिर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै रवि लामिछाने र बालेन्द्र शाहलाई विभिन्न देशका नेताहरूले बधाई दिएका छन् ।

    छिरिङ तोब्गेले सामाजिक सञ्जाल एक्समार्फत् दुवै नेतालाई विजयको बधाई दिँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

    उनले दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा गरेका छन् ।

    त्यस्तै नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

    उनले आगामी सरकार गठनका लागि शुभकामना दिँदै भारत–नेपाल सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    यसैबीच इशाक दरले पनि सन्देशमार्फत नेपाल सरकार र नेपाली जनतालाई निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन् ।

    उनले नेपाल–पाकिस्तान सम्बन्धलाई थप मजबुत बनाउँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images