काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्यधिक बहुमतसहित प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको रुकुमपूर्वमा समानुपातिकतर्फ पनि नेकपाले अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगका अनुसार रुकुमपूर्वबाट समानुपातिकतर्फ नेकपाले ९ हजार ४४३ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको एमालेले ३ हजार ३२९ मत ल्याएको छ ।
त्यसैगरी कांग्रेसले २ हजार ८७० मत पाउँदा रास्वपाले १ हजार ९७० मत मात्र प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ भने नेकपाका संयोजक प्रचण्ड आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै तीन गुणा बढी मतान्तरसहित विजयी भएका थिए ।
प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका थिए ।
यसै क्षेत्रबाट कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन् भने रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।
रुकुमपूर्वमा कुल १९ हजार १८८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।























