images
images
  • प्रदेश २ सरकारमा माओवादीको ईन्ट्री, दुवै मन्त्रीले लिए शपथ

    जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन् ।नवनियुक्त मन्त्रीहरुले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले मन्त्री पदको शपथ लिएका हुन् । नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् । यस्तै, राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ ग्रहण गराएका हुन् ।

    साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

    माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रहेका सरोजकुमार सिंहले आजै बिहान राजीनामा दिएका थिए ।

    मैथिली भाषामा शपथ लिने अडान कसेका नवनियुक्त मन्त्रीहरुले दिउँसो ३ बजे निर्धारण गरिएको शपथ समारोह करिब डेढ घण्टापछि सुरु भएका थिए । पछि कानून अभावका कारण राष्ट्रिय भाषामा शपथ लिनु परेको नवनियुक्त मन्त्री साहले जानकारी दिए ।

    नवनियुक्त दुबै मन्त्रीले शहीदको नाममा शपथ ग्रहण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images