images
images
  • रास्वपा सरकार बनेको एक सय दिनभित्रै फिर्ता होला त सहकारी पीडितको रकम ?

    काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ तिहाइ नजिक पुगेको छ ।

    अब मुलुकको अर्थतन्त्रको बागडोर रास्वपाले सम्हाल्नुपर्ने भएको छ ।

    निर्वाचनमा होमिँदै गर्दा रास्वपाले वाचापत्रमार्फत आफ्नो सरकार बनेको १०० दिन भित्र साना वर्चकर्ताहरूको रकम फिर्ता गर्ने घोषणा गरेको थियो ।

    रास्वपाले आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    पार्टीको वाचापत्रमा संकटग्रस्त सहकारी तथा वित्तीय संस्थामा फसेको बचत सुरक्षित गर्न विशेष योजना अघि सार्दै बचतकर्ताको रकम सुरक्षाका लागि राज्यको तर्फबाट एकीकृत बचत सुरक्षा कोष स्थापना गर्ने प्रस्ताव समेत गरेको छ ।

    रास्वपाले आफ्नो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र नभई बचतकर्ताको रकम फिर्ता गराउनु भएको आफ्नो वाचापत्रमा उल्लेख गरेको छ ।

    ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप कुनै पनि सहकारी वा वित्तीय संस्थाका सञ्चालक तथा व्यवस्थापन पक्षको रकम फिर्ता गर्न भरपर्दो स्रोत तथा कार्ययोजना भए कानुनी रूपमा मिलापत्र गर्ने जनाइएको छ ।

    यसैगरी, सहकारी र लघुवित्त क्षेत्रमा देखिएको अनियन्त्रित तथा फितलो नियमन अन्त्य गर्दै सम्पूर्ण गैर–बैंकिङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याइने पार्टीले जनाएको छ ।

    वाचापत्रमा ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी र लघुवित्त संस्थाहरूलाई अनिवार्य रूपमा राष्ट्र बैंकको कडा नियमनमा राखी ‘घ’ वर्गका वित्तीय संस्था सरहको मापदण्डमा आबद्ध गराउने पनि वाचापत्रमा उल्लेख गरेको छ ।

    सहकारीसम्बन्धी गरिएको यो वाचा पूरा गर्ने विधि र प्रकृया भने प्रस्ट नहुँदा सहकारी पीडितहरूमा चिन्ता कायमै छ । देशभर ३२ हजारभन्दा बढी सहकारी भए पनि कति सहकारीमा समस्या छ भन्ने यकिन तथ्यांक छैन ।

    सहकारी संस्थाहरूको रकम हिनामिनाबारे अघिल्लो सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले ४० वटा सहकारीको ८७ अर्ब ८९ करोड रकम अपचलन भएको देखाएको थियो । उ

    क्त ४० भन्दा सयौँ सहकारीका १ लाखभन्दा बढी वचतकर्ताको रकम अपचलन भएको बताइन्छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images