images
images
  • इजरायलमा इरानी मिसाइल आक्रमणमा परी १ जनाको मृत्यु

    काठमाडौं- इरानबाट गरिएको मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु भएको छ ।

    अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । इजरायलको मध्य क्षेत्रस्थित येहुद क्षेत्रमा मिसाइल खसेपछि उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

    इजरायली उद्धार सेवाका अनुसार ३० वर्षीय एक पुरुष छर्रा लागेर गम्भीर घाइते भएका छन् ।

    उद्धार टोलीले उनलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरेको जनाएको छ ।

    यसअघि इरानबाट इजरायलतर्फ नयाँ मिसाइल लहर प्रहार भएको इजरायली सेनाले जनाएको थियो ।

    त्यसपछि देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images