images
images
  • रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीशहरूले हेर्नै मानेनन् किन ?

    काठमाडौं– रवि लामिछाने विरुद्ध दायर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी विवादको रिट सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

    सोमबार (फागुन २५) नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सुनुवाइका लागि ‘झ’ नम्बरमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन।

    महान्यायाधिवक्ता सविता भण्डारी ले सरकारी वकिल कार्यालयलाई मुद्दा संशोधनका लागि निर्देशन दिएको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, विद्यार्थी आयुष बडाल र अभियन्ता युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्।

    भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न निर्देशन दिएपछि कास्की र रूपन्देही जिल्ला अदालतमा निवेदन दर्ता भइसकेको छ। ती अदालतबाट निर्णय भएपछि मात्रै सर्वोच्चले रिटमाथि अन्तिम फैसला गर्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images