काठमाडौं– फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ मध्ये १६१ सिटको अन्तिम नतिजा आइसकेको छ। तीमध्ये १२४ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। नेपाली कांग्रेस १७ र नेकपा एमाले ८ सिटमा सीमित भएका छन्।
देशभर रास्वपाको लहर देखिए पनि केही निर्वाचन क्षेत्रमा भने अत्यन्त झिनो मतान्तरमा हार–जित भएको छ। हजारभन्दा कम मतान्तरमा टुंगिएका प्रमुख १० क्षेत्र यसप्रकार छन्–
ओखलढुंगा – रास्वपाका विश्वराज पोखरेल १३,९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेल १३,९४८ मत ल्याएर ५ मतले पराजित भए।
अछाम–२ – एमालेका यज्ञबहादुर बोगटी ९,५१८ मतसहित विजयी भए। कांग्रेसका पुष्पबहादुर शाह ९,०४६ मतसहित ४७२ मतले पराजित भए।
अछाम–१ – कांग्रेसका भरतबहादुर स्वार १०,७५९ मतसहित विजयी भए। नेकपाका भीम रावल १०,२३३ मत ल्याएर ५२६ मतले पराजित भए।
बाजुरा–१ – कांग्रेसका जनकराज गिरी १७,१७३ मतसहित विजयी हुँदा एमालेका लालबहादुर थापा १६,६३३ मत ल्याएर ५४० मतले पराजित भए।
गुल्मी–२ – रास्वपाका गोविन्द पन्थी १६,४०६ मतसहित विजयी भए। एमाले उपाध्यक्ष गोकर्ण विष्ट १६,९६७ मत ल्याएर ५६१ मतले पराजित भए।
दैलेख–१ – कांग्रेसकी बासना थापा १२,३७२ मतसहित विजयी भइन्। एमालेका रवीन्द्रराज शर्मा ११,७९६ मत ल्याएर ५७६ मतले पराजित भए।
बागलुङ–२ – रास्वपाका सोम शर्मा १२,६४७ मतसहित विजयी भए। कांग्रेसका टेकराज पौडेल ११,८६८ मत ल्याएर ७७९ मतले पराजित भए।
सिन्धुली–१ – रास्वपाका धनेन्द्र कार्की १६,६५९ मतसहित विजयी भए। एमालेका प्रदीप कुमार कटवाल १५,८७५ मत ल्याएर ७८४ मतले पराजित भए।
डोटी–१ – कांग्रेसका भरतबहादुर खड्का १४,८९७ मतसहित विजयी भए। एमालेका दीपकबहादुर धामी १४,११० मत ल्याएर ७८७ मतले पराजित भए।
तेह्रथुम – रास्वपाका सन्तोष सुब्बा ११,५६१ मतसहित विजयी भए। एमालेका भानुभक्त ढकाल १०,६८२ मत ल्याएर ८७९ मतले पराजित भए।
यी परिणामले देशभर रास्वपाको प्रभाव देखिए पनि केही क्षेत्रमा भने मतान्तर अत्यन्तै कम रहेको स्पष्ट देखाएको छ।























