images
images
  • संसदीय निर्वाचनमा रास्वपाको तीन ऐतिहासिक रेकर्ड

    काठमाडौं– हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन महत्वपूर्ण ऐतिहासिक रेकर्ड बनाएको छ।

    निर्वाचन आयोगको हालसम्मको परिणामअनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिट जितिसकेको छ र एक स्थानमा अग्रता कायम गरेको छ। एउटै दलले प्रत्यक्षतर्फ यति धेरै सिट जितेको यो पहिलो पटक हो। यसअघि २०६४ सालमा तत्कालीन माओवादीले २४० क्षेत्रमध्ये १२० सिट जितेको थियो।

    प्रत्यक्ष सिटको प्रतिशतका हिसाबले पनि रास्वपाले नयाँ रेकर्ड बनाएको छ। १२१ सिट जित्नु भनेको करिब ७३.३३ प्रतिशत हो, जुन अहिलेसम्मकै उच्च हो। यसअघि २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिट जित्दै ६७.८९ प्रतिशत हासिल गरेको थियो।

    त्यस्तै, समानुपातिक प्रणालीतर्फ पनि रास्वपाले सबैभन्दा धेरै मत ल्याउने रेकर्ड बनाएको छ। हालसम्मको गणनाअनुसार उसले ४० लाखभन्दा बढी मत प्राप्त गरेको छ, जुन यसअघिको २०७४ सालमा एमालेले पाएको ३१ लाख ७३ हजार मतभन्दा धेरै हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images