images
images
  • २ पूर्वआईजीपी पराजित हुँदा एआईजीसम्म ६ पूर्वसुरक्षाकर्मी संसदीय यात्रा सफलपूर्वक तय

    काठमाडौं– सुरक्षा निकायमा लामो समय सेवा गरी अवकाशप्राप्त ६ जना पूर्व अधिकारीहरूले प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेर संसद् यात्रा तय गरेका छन् ।

    पूर्वएआईजी विश्वराज पोखरेल (ओखलढुंगा) सहित पूर्वएसएसपी विक्रमसिंह थापा, पूर्वडीएसपी गोविन्द पन्थी, पूर्वसइ शम्भु ढकाल, पूर्वप्रहरी निरीक्षक मोहम्मद फिरदोस आलम र काठमाडौंका पूर्व नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे रास्वपा बाट विजयी भएका छन् ।

    पोखरेलले कांग्रेस उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पराजित गरे ।

    यी अधिकारीहरूले प्रहरी सेवामा लामो समय कार्य गरेर अब नीति निर्माण र संसदमा जनताको सेवा गर्ने भूमिका ग्रहण गरेका छन् ।

    त्यस्तै, दुई पूर्वआईजीपी ध्रुवबहादुर प्रधान र सर्वेन्द्र खनाल निर्वाचनमा पराजित भए ।

    प्रधान बारा–४ मा र खनाल बारामा आफ्नो उम्मेदवारबाट हार व्यहोरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images