काठमाडौं– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ तीन लाख मत पाउँदा राष्ट्रिय दल बन्ने योग्यता पूरा गरेको छ ।
८६ लाख ५३ हजार ३१८ मतमध्ये उसले ३ लाख ४ हजार ५७९ मत पाएको छ, जसले ३ प्रतिशतभन्दा बढीको दर देखाउँछ ।
यसअघि प्रत्यक्षतर्फ तीन सिट जितिसकेको पार्टीले समानुपातिकमा चार सिट पाउने अनुमान छ ।
यससँगै यसपटक छ वटा दल राष्ट्रिय पार्टी हुने भएका छन्– रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा ।
प्रतिक्रिया दिनुहोस्























