काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका अनुसार, “आयकर ऐन २०५८” अनुसार बैंकका खाताबाट कटिएका कर विवरणहरू नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा सूचीकृत हुनु अनिवार्य छ ।
ग्राहकहरूले आफ्नो प्यान अद्यावधिक गर्न बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank मा रहेको “PAN Update” विकल्प प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकले आफूलाई नजिकको बैंक शाखाबाट समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
बैंकले जनाएको छ कि प्यान अद्यावधिक भएपछि ब्याज कर कट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट हुनेछ ।
यसले ग्राहकहरूले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्नेछ र प्रमाणपत्रका लागि बैंकसम्म जानुपर्ने झन्झट हटाउनेछ ।
बैंकले स्पष्ट पारेको छ कि ग्राहकले प्यान अद्यावधिक नगरेको खण्डमा E-TDS मा ब्याज कर दाखिला नभएको अवस्था र त्यसपश्चात थप समायोजन आवश्यक परेमा बैंक जिम्मेवार हुनेछैन ।
त्यसैगरी, बैंकले आफ्ना ग्राहकहरूलाई खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकले बैंकको भिडियो केवाईसी लिंक
वा मोबाइल बैंकिङ एपमा रहेको “My Profile” मा गएर “Change Email” विकल्पमार्फत ईमेल अद्यावधिक गर्न सक्नेछन् ।
ग्राहकहरूले अझै प्यान वा ईमेल अद्यावधिक नगरेको खण्डमा बैंकको नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।























