रोल्पा – रोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको छ ।
रोल्पा-१ मा नेपाली कम्युनिष्ट पार्टीले २५,०६२ मत पाउँदा पहिलो स्थानमा रह्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३,६३८ मतसहित दोस्रो, नेपाली कांग्रेसले ११,४९९ र नेकपा (एमाले)ले १०,००९ मत पाएका छन् ।
रोल्पा-१ का १,५०,७४९ मतदातामध्ये ७०,१५४ जनाले मतदान गरे, जसमा ६७,५७६ मत मान्य र २,५७८ मत बदर भएका थिए ।
प्रत्यक्षतर्फ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुन अनन्त निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्























