images
images
  • सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– सोमबार सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदी पनि केही घटेको छ ।

    अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले चाँदीको भाउ घटेसँगै ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन ५ हजार ४७५ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images