काठमाडौं– गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको जित सुनिश्चित भएको छ ।
हालसम्म ५३ हजारभन्दा बढी मत गणना हुँदा गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १३ हजार ५११ मत ल्याएका छन् ।
अब गन्न बाँकी मत १० हजार ५ सयभन्दा कम रहेकाले गुरुङको जित निश्चित भएको हो ।
उक्त क्षेत्रमा नेकपाका हरिराज अधिकारी १० हजार २३१ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा (एमाले)का आरसी लामिछाने ३ हजार ८० मतसहित चौथो स्थानमा छन् ।
उनले गत भदौ २३ र २४ को जेनजी आन्दोलन हाइज्याक गरेर विध्वंश मच्चाएका थिए ।
तर, उनी उमेर ४ दशक नजिक पुगेकोले जेनजी होइनन् ।
प्रतिक्रिया दिनुहोस्























