images
images
  • नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २ बजे

    काठमाडौं– नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज दिउँसो २ बजे शपथ ग्रहण हुँदैछ ।

    संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा शपथ कार्यक्रम आयोजना गरिएको छ ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

    गत ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ।

    निर्वाचित सदस्यहरूलाई औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा शपथ कार्यक्रममा उपस्थित हुन संसद् सचिवालयले आग्रह गरेको छ ।

    साथै, उनीहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको प्रतिलिपि साथमा ल्याउनुपर्नेछ ।

    यसपटक राष्ट्रिय सभा सदस्यमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाहीजस्ता अनुभवी नेताहरू निर्वाचित भएका छन् ।

    एक सदस्य भने राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images