तेहरान– Ayatollah Ali Khamenei को निधनपछि उनका छोरा Mojtaba Khamenei इरानका नयाँ सर्वोच्च नेता चयन भएका छन् ।
५६ वर्षीय मोज्तबा लामो समयदेखि सार्वजनिक राजनीतिभन्दा पर्दा पछाडि बसेर काम गर्ने शक्तिशाली पात्रका रूपमा चिनिन्छन् ।
उनले अहिलेसम्म कुनै सरकारी पद सम्हालेका छैनन् र सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि दिएका छैनन् ।
तर, वर्षौँदेखि Iran को सत्ता संरचनामा उनले पर्दा पछाडिबाट प्रभाव पार्दै आएको चर्चा हुँदै आएको छ ।
विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा समेत उनलाई “पर्दा पछाडिको शक्ति” भनेर उल्लेख गरिएको थियो ।
उनको चयन भने विवादरहित छैन ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापित इस्लामिक गणतन्त्रको सिद्धान्तअनुसार सर्वोच्च नेता वंशानुगत रूपमा होइन, धार्मिक हैसियत र नेतृत्व क्षमताका आधारमा चयन हुनुपर्ने मान्यता रहेको छ ।
मोज्तबाको नाम पहिलोपटक सन् २००५ को राष्ट्रपतीय निर्वाचनका बेला विवादमा आएको थियो ।
सुधारवादी नेता Mehdi Karroubi ले उनलाई Mahmoud Ahmadinejad को पक्षमा चुनावी हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
आरोपअनुसार Islamic Revolutionary Guard Corps र Basij मार्फत चुनाव प्रभावित गरिएको भनिएको थियो ।
अब सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका मोज्तबाले आफ्ना बाबुका कडा नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
तर आन्तरिक असन्तुष्टि, आर्थिक संकट र बाह्य दबाबबीच उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्नुपर्ने ठूलो चुनौती सामना गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ ।


विश्व खबर 



















