काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा यसपटक १२ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएर प्रभावशाली जित हासिल गरेका छन् ।
रोचक कुरा के छ भने धेरै मत ल्याउने शीर्ष १२ जना नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका छन् ।
सबैभन्दा धेरै मत बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट प्राप्त गरेका छन् ।
उनले ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी हुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरे ।
ओलीले १८ हजार ७ सय ३४ मत मात्रै पाए ।
दोस्रो स्थानमा झापा–२ बाट इन्दिरा रानामगर ६० हजार १ सय १० मतसहित विजयी भइन् ।
उनले एमालेका देवराज घिमिरे लाई ठूलो अन्तरले हराइन् ।
त्यसैगरी, चितवन–३ बाट सोविता गौतम (५९,२७७), रूपन्देही–३ बाट डा. लेखजंग थापा (५८,८१४), चितवन–१ बाट हरि ढकाल (५८,२०८), सुनसरी–२ बाट लालविक्रम थापा (५७,३४८), रूपन्देही–२ बाट सुलभ खरेल (५६,५५०) र मोरङ–६ बाट रुविना आचार्य (५५,५१३) मतसहित विजयी भएका छन् ।
यस्तै, रूपन्देही–१ बाट सुनील लम्साल (५४,८४५), चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने (५४,४०२), काभ्रे–२ बाट बदनकुमार भण्डारी (५३,३४४) र नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ बाट राजन गौतम (५०,९४५) मत ल्याएर निर्वाचित भएका छन् ।
यसपटकको निर्वाचन परिणामले धेरै क्षेत्रमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको देखाएको छ ।























