images
images
  • कुवेतमा इरानको हवाई बमवर्षा : सीमा क्षेत्रमा खटिएका २ जना सेनाको मृत्यु, सयौँ घाइते

    काठमाडौं– अरब लिगले सदस्य राष्ट्रहरूमा इरानले गरेको आक्रमण गलत रहेको बताएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले आइतबार इरानले धेरै सदस्य राष्ट्रहरूमाथि गरेको आक्रमण अविवेकी र ‘लापरबाहीपूर्ण’ भएको बताएका हुन् ।

    उनले तेहरानलाई ‘ठूलो रणनीतिक गल्ती’ रोक्न आग्रह गरेका छन् । कायरोमा अरब विदेश मन्त्रीहरूको आपतकालीन भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै अहमद अबुल घेइतले भने, ‘आक्रमणलाई कुनै पनि बहाना वा सन्दर्भमा न्यायोचित ठहराउन सकिदैन र खाडी देशहरूको शान्ति प्रयासको बदलामा इरानले अरब लिगका सदस्य राष्ट्रमाथि ‘विश्वासघाती रकेट र ड्रोन आक्रमण’ गरेको छ ।’

    इरानले आइतबार पनि खाडी क्षेत्रका विभिन्न मुलुकका भौतिक संरचनामा आक्रमण गरेको थियो । आइतबार कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन ट्यांकमा आक्रमण गरिएको छ भने बहराइनमा एक ‘डिसेलिनेसन प्लान्ट’मा क्षति पुर्याइएको छ

    तेहरानले आफ्नो छिमेकीहरूविरुद्ध आफ्नो मिसाइल र ड्रोन अभियानलाई दोस्रो हप्तामा पनि उस्तै ‘लापरबाहीपूर्ण’ तरिकाले प्रयोग गर्दै आएको उनीहरूले बताएका छन् । कुवेतको गृह मन्त्रालयले आफ्नो राष्ट्रिय कर्तव्य निर्वाह गर्ने क्रममा दुई जना सीमा सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाएको छ भने सयौँ घाइते भएका छन् ।

    अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो हवाई अभियान चलाएपछि तेहरानको प्रतिक्रियाको छिमेकी देशहरूले विरोध गरिरहेका छन् । युद्ध सुरु भएदेखि खाडी राष्ट्रहरूमा १६ जना मारिएका छन्, जसमा आठ जना सर्वसाधारण रहेका छन् ।

    इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इस्लामिक गणतन्त्रले आफ्नो भूमि प्रयोग गरी आक्रमण गरेमा इरानले ‘आफ्ना छिमेकीहरुविरुद्ध जवाफ दिन बाध्य हुने’ चेतावनी दिएका छन् । शनिबार राष्ट्रपति पेजेस्कियानले छिमेकी मुलुकहरूका अमेरिकी सैन्य अखडाबाट आक्रमण भएपछि त्यहाँ आक्रमण गर्नुपरेको भन्दै छिमेकी देशसँग माफी मागेका छन् ।

    खाडी देशहरूले इरानविरुद्धको आक्रमणमा आफ्नो भूमि प्रयोग नभएको बताउँदै आएका छन् । उनीहरूले युद्ध सुरु हुनुअघि उनीहरूले बारम्बार त्यस्तो कदम चाल्न नदिने बताएका थिए । साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले दुबई र बहराइनको मनामामा एक दिनअघि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने त्यहाँ नयाँ आक्रमणको चेतावनी जारी गरिएको छ ।

    कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन ट्याङ्कलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको सेनाले जनाएको छ । कुवेतको सरकारी समाचार एजेन्सीले विमानस्थलमा लागेको आगलागी नियन्त्रणमा आएको र कुनै खास मानवीय क्षति नभएको जनाएको छ ।

    इरानी सेनाले ड्रोन आक्रमणलाई ‘महत्वपूर्ण पूर्वाधारको प्रत्यक्ष निसाना’ भनेको छ । इरानको एक छुट्टै बयानमा भनिएको छ, ‘केही नागरिक सुविधाहरू अवरोध गर्नेगरी भएका हवाई आक्रमणपछि भएका प्रतिरोधका क्रममा आकाशमा विस्फोट भएका टुक्रा र भग्नावशेषहरू खस्दा भौतिक क्षति भएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images