images
images
  • ७६ लाख समानुपातिक मत गन्दा कसले कति पाए ?

    काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ ।

    निर्वाचन आयोगका अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो ।

    पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.४६ प्रतिशत हो ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ ।

    तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो ।

    चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.११ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ३९ हजार ५२९ मत छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ । यो कूल सदर मतको ३.४१ प्रतिशत हो ।

    श्रम संस्कृति पार्टीले पनि ३.१८ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ४१ हजार १६५ मत छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images